गण्डकी विकास बैंकले कोरोना नियन्त्रणका लागि ३० लाख सहयोग गर्ने



काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने प्रयोजनमा सरकारले स्थापना गरेको राहत कोषमा गण्डकी विकास बैंकले ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंकका अध्यक्ष सुशील गौचन, सञ्चालक किशोर ओझा र प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सहयोग रकम हस्तान्तरण गरे । बैंकको तर्फबाट गण्डकी प्रदेशले स्थापना गरेको राहत कोषका लागि बैंकका अध्यक्ष सुशील गौचनले मुख्यमन्त्री गुरुङलाई ६ लाख रुपैयाँको चेक हस्तान्त्रण गरे । अन्य प्रदेशलाई प्रति प्रदेश ४ लाख रुपैयाँको दरले २४ लाख रुपैयाँ छिट्टै हस्तान्त्रण गरिने बैंकले जनाएको छ । महामारीको सामनाका लागि हरेक उद्यमी, व्यवसायी, पेशाकर्मी, संघसंस्था तथा सम्पूर्ण नागरिकको सहकार्य आवश्यक भएकाले बैंकको तर्फबाट हुनसक्ने सहयोगका लागि बैंकले निरन्तर भूमिका खेल्ने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।


क्लिकमान्डु