कोरोना भाइरस संक्रमितको संख्या १० लाख पुग्यो, ५३ हजारबढीले ज्यान गुमाए



कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १५ हजार पुगेको छ । चीनबाट शुरु भएको कोरोना भाइरस यतिबेला अमेरिका र युरोपका लागि संकट बनेको छ ।

चीनमा संक्रमितको संख्या कम हुँदै गर्दा अमेरिकामा भने तीव्रगतिमा बढेको छ । फलस्वरुप आजसम्म २ लाख ४५ हजारभन्दा बढी अमेरिकी नागरिकमा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै, इटलीमा १ लाख १५ हजारभन्दा बढी र स्पेनमा पनि १ लाख १२ हजारभन्दा बढी मानिसहरुमा कोरोनाको संक्रमण देखिएको छ । साथै जर्मनीमा ८४ हजारबढी र चीनमा ८१ हजारबढीमा कोरोनाको संक्रमण देखिएको छ ।

५३ हजारले ज्यान गुमाए

कोरोना भाइरसका कारण अहिले विश्वभर ५० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । र, यो संख्या प्रत्येक दिन बढ्दो क्रममा छ । जसमध्ये सबैभन्दा धेरे इटलीमा १३ हजार, स्पेनमा १० हजारबढी, फ्रान्समा ४ हजारबढी, इरानमा ३ हजारबढी र चीनमा ३ हजारबढीले ज्यान गुमाइसकेका छन् ।

नेपालमा ६ जनामा देखियो

नेपालमा हालसम्म ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जना निको भइसकेका छन् भने बाँकी ५ जनाको अहिले उपचार भइरहेको छ । जसमध्ये ३ जनाको काठमाडौं, १ जनाको पोखरा र १ जनाको धनगढीमा उपचार भइरहेको छ ।

सम्पूर्ण तंथ्याक यहाँ हेर्न सकिन्छ


क्लिकमान्डु