कोरोना कोषमा राष्ट्रिय बीमा कम्पनीको २ करोड सहयोग



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ करोड रूपैयाँ जम्मागर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण तथाउपचार कोषमा २ करोड रूपैयाँ जम्मा गर्ने निर्णय गरेको सञ्चालक समितिका सदस्य प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

सञ्चालक अधिकारीका अनुसार बैठकले सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय अर्थात संघीय सरकारको कोषमा एक करोड ६५ लाख र सात वटै प्रदेश सरकारले स्थापना गरेको कोषमा ५ लाखका दरले रकम जम्मागर्ने निर्यण भएको हो । कोरोनाले विश्वव्यापी रूपमा महामारीको रूप लिँदै गर्दा नेपालमा उच्च सतर्कताका साथपूर्व तयारीको कामहरू भइरहेका छन् ।

नेपालमा कोरोनाले मानवीय क्षति नै नपुर्याए पनि ६ जना कोरोना संक्रमित नागरिक भित्रिएको पाइएको छ । विभिन्न देशबाट चैतको पहिलो साता स्वदेश फर्किएका नागरिकमा कोरोनाको संक्रमण देखिएको छ ।


क्लिकमान्डु