ग्यासमा कालोबजारी गर्ने काठमाडौंमा एक व्यापारीलाई २ लाख जरिवाना



काठमाडौं । वाणिज्य विभागले ग्यासको कालोबजारी गर्ने काठमाडौंको एक ग्यास स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गराएको छ ।

आधा सिलिन्डर ग्यासलाई ८ सय रुपैयाँमा बिक्री गर्ने काठमाडौं डल्लुमा रहेको ओम सरस्वती स्टोरलाई जरिवाना गराएको हो । अहिले आधा सिलिन्डर ग्यासको मूल्य ६८७ रुपैयाँ ५० पैसा पर्छ ।

विभागका अनुसार बिहीबार अनुगमनका क्रममा अर्को एक स्टारलाई पनि २० हजार रुपैयाँ जरिवाना गराइएको छ । बलम्बुस्थित एक ग्यास स्टोरले १४ वटा धनपति कोल्ड स्टोरले १४ वटा बिल नभएका सिलिन्डर राखेको भन्दै उक्त जरिवाना गराएको हो ।


क्लिकमान्डु