नेपाल आयाल निगमले दियो कोरोना कोषमा ५० करोड रूपैयाँ



काठमाडौं । नेपाल आयल निगमले कोरोना भाइरस नियन्त्रण कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

निगमले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उक्त सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिएको छ । निगमको सञ्चालक समितिको बुधबार बसेको बैठकले कोषमा सहयोग गर्ने निर्णय गरेको थियो ।

निगमले सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालेको कदममा सहयात्री बन्न पाउँदा निगम परिवार गौरव महसुस गरेको समेत विज्ञप्तीमा उल्लेख गरेको छ । निगमले विगतमा पनि यस्ता सहयोग गर्दै आएको थियो ।


क्लिकमान्डु