कतार एयरवेजबाट आएकी बाग्लुङकी अर्की युवतीमा पनि कोरोना पुष्टि, बिरामीको संख्या ६ पुग्यो



काठमाडौं । नेपालमा कोरोनाको छैठाैं बिरामी देखिएको छ ।

कतार एयरवेयजबाट चैत ४ गते आएका नेपाली नागरिकमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

चैत ४ गते कतार एयरवेयजको क्युआर ६५२ नम्बरको फ्लाइटबाट काठमाडौं आएका व्यक्तिमा परीक्षणको क्रममा पोजेटिभ देखिएको हो । यसअघि सो फ्लाइटबाट आएका दुईजनामा कोरोना पोजेटिभ देखिएको थियो ।

ती व्यक्ती दाेहाबाट काठमाडाैं आएकी थिइन । ती युवती पनि बाग्लुंङ कै भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ


क्लिकमान्डु