कोरोना संक्रमणबारे बुझाउन गएका डाक्टरलाई स्थानीयले लखेटेपछि…



काठमाडौं । भारतको मध्यप्रदेशमा स्थानीय जनाताले स्वास्थ्यकर्मी र निजामति कर्मचारीलाई लखेटेका छन् । कोरोना भाइरसको संक्रमणका लक्षणहरु बरे बुझाउन उक्त क्षेत्रमा पुगेको स्वास्थ्यकर्मीको समुहलाई रिसाएका स्थानीयले लखेटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त आक्रमणबाट २ जना महिला डाक्टरहरु घाइते भएका छन भने उनीहरुलाई प्रहरीले उद्धार गरेका थिए ।

भारतको रानीपुरामा कोरोनास संक्रमण बुझाउन स्क्रिनिङ गर्ने क्रममा स्थानीयले झगडा र गाली गरेको २ दिनपछि इन्डोरमा डाक्टरमाथि आक्रमण भएको हो ।

अहिले उक्त आक्रमणको भिडियो मिडिया र सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोमा देखिए अनुसार २ जना स्थास्थ्यकर्मीहरु हल्ला निलो पिपिईमा थिए । उनीहरुमाथि स्थानीयले ढुंगा र ठुलो प्लास्टिक जस्तो देखिने बस्तुले हानेको देखिन्छ ।

आक्रमण गर्ने उक्त समुहमा १ सय जना जति रिसाएका स्थानीय रहेका छन् । उनीहरु डाक्टरमाथि गाली गरेको , लाठी र ढुंगा प्रहार गरेको भिडियोमा देखिन्छ । भारतको इन्डोरस्थित टाट पट्टी बखालमा कम्तीमा २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्थानीयको उक्त अवरोधकाबीचच करिब ५४ घरपरिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।

मध्यप्रदेशमा भएका कुल कोरोना संक्रमितमध्ये इन्डोरबाट ७६ प्रतिशत रहेका छन् । उक्त राज्यमा ९३ वटा एक्टिभ केस रहेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।

भारतको हैदराबादका डाक्टरले समेत सरकारसँग आफ्नो सुरक्षा माग गरेका छन । उनीहरुले सुरक्षाका लागि प्रहरीलाई अनुरोध गरेका छन् ।

डाक्टर र मेडिकल स्टाफमाथि गुजरातँको सुरतमा पनि आक्रमण भएको जनाइएको छ । न्युज एजेन्सी एएफपीले जनाए अनुसार सन्जीबनी पानीग्रहीलाई कोरोनाको विरामीलाई उपचार गरी फर्किने क्रममा आक्रमण गरिएको थियो ।

उनलाई छिमेकीले अपार्टमेण्टको गेटमा रोकेको र कामलाई निरन्तरता दिएमा नराम्रो हुने धम्की दिएका थिए ।

आक्रमणलाई लिएर प्रधानमन्त्री मोदीले देशलाई बचाउन लागेका डाक्टर तथा स्वास्थ्यकर्मीमाथि र्दुब्यवहार नगर्न आग्रह गरेका छन् । उनले डाक्टरहरुलाई भगवानको अवतारको उपमा दिएका छन् । साथै उनले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई प्रहरीले पक्राउ गरी कार्वाहीका लागि प्रक्रिया अघि बढाउने स्पष्ट पारेका छन् ।

विपदको बेला सेतो कोटमा रहेका स्वास्थ्यकर्मीहरु भगवानका अवतार हुन् । उनीहरुले आफ्नो ज्यान धरापमा राखेर अरुको ज्यान जोगाइदिएका छन्– प्रधानमन्त्री मोदीले भनेका छन् ।


पुष्प दुलाल