मन्त्रीहरुले चैत महिनाको तलब नपाउने, कोरोना नियन्त्रण कोषमा जाने



काठमाडौं । सरकारले सुरु गरेको कोरोना नियन्त्रण कोषमा सबै मन्त्रीको एक/एक महिनाको तलब जाने भएको छ ।

सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार मन्त्रीहरुको चैत महिनाको तलब त्यही कोषमा जम्मा हुनेछ । उक्त कोषमा मन्त्रीहरुको एक महिनाको तलब योगदान हुने मन्त्रिपरिषदले निर्णय गरेको हो ।

त्यो कोषमा सरकारकाले ५० करोड रहेको छ । प्रवक्ता खतिवडका अनुसार यतिबेला सरकारले सार्वजनिक संस्थान, नीजि क्षेत्र, सामाजिक संस्थालाई पनि उक्त कोषमा योगदानको रकम राख्न भनिएको छ । त्यो रकम खर्च गर्ने ठाँउको बारेमा जानकारी गराएको र कोष सन्चालको लागि कार्यविधि पनि बनेको उनको भनाई छ ।

कोरोनासँग सम्बन्धित औषधी उपकरण खरिद, क्वारेन्नटाइन, औषधी उपकरण खरिद गर्ने, उपकरण्को स्तरोन्नती गर्ने विषय पनि त्यहाँ परेको उनको भनाइ छ ।

अर्थमन्त्री खतिवडाका अनुसार कोरोना लागेकालाई निशुल्क उपचार गर्नको लागि पनि त्यही रकमबाट खर्च हुने बताए ।

हाल कोषको खाता राष्ट्रिय वाणिज्य बैंकमा रहेको र त्यो खाताको रकम खर्च गर्नको लागि महालेखा नियन्त्रकको कार्यालयले कहाँ कति खर्च गर्ने हो त्यो लेखेर अर्थ मन्त्रालयमा पठाउने र मन्त्रालयले त्यो रकम निकासाको लागि आदेश दिएपछि महालेखा नियन्त्रकको कार्यालयबाट भुक्तानीको लागि निकासा हुने बताए ।

कोरोनासँग सम्बन्धि समस्या समाधान गर्नको लागि वित्तीय व्यवस्था आवश्यक रहेको बताए । मानविय व्यवस्थाले मात्रै नपुग्ने बताए । भएको सबै खर्च पनि मन्त्रिपरिषदको कार्यालयबाट खर्चको सार्वजनिक हुने बताए ।


क्लिकमान्डु