प्रभु बैंकका सीईओ शेरचनले गृहजिल्ला बाग्लुङमा दिए १०० थान पीपीई र १५ हजार मास्क



काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले स्वास्थ्य चौकीलाई १०० थान पीपीई र १५ हजार पिस मास्क सहयोग गरेका छन् ।

उनले बाग्लुङ जिल्लाको दुर्गम गाउँमा रहेको स्वास्थ्य चौकीलाई पीपीई र १५ हजार पीस मेडिकल मास्क सहयोग गरेका हुन् । उनले उक्त सामग्री जिल्लाका सम्बन्धित गाँउपालिकामा समेत पठाइसकेको बताइएको छ ।

उनले आफ्नो गृह जिल्लामा आफ्नो सामाजिक उत्तरदायित्व अनुसार सहयोग गरेको बताएका छन् ।


क्लिकमान्डु