लकडाउनमा पनि सातै प्रदेशमा खुल्छन् यी बैंक



काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको भाइरसको रोकथामको लागि भन्दै सरकारले लगाएको लकडाउनको समयमा केही बैंकको शाखा थोरै समयको लागि मात्रै खुल्ने भएका छन् ।

बैंकहरुले खुल्ने शाखाको जानकारी गराएका छन् । प्राय सबै बैंकको सबै प्रदेशमा रहेका कुनै न कुनै शाखा खुल्ने गरेका छन् । बिहीबार हिमालयन बैंकको १३ वटा शाखा शाखा खुला हुने छन् । बैंकले जारी गरेको सूचना अनुसार उपत्यका भित्र ठमेल र पाटन शाखा मात्रै खुला हुने छन् ।

अन्य प्रदशेका पनि केही शाखा मात्रै खुला हुने छन् । बैंकका अधिकांश शाखा ११ देखि १ बजेसम्म खुला हुने छन् । उपत्यका बाहिरका केही जिल्लाका शाखा १० देखि १ बजे र केही बैंकको शाखा २ देखि ४ बजेसमम खुला हुने छन् ।

यस्तै नबिल बैंकको पनि ४२ वटा शाखा खुल्ने छन् । साटवटै पदेशको ४२ वटा शाखा खुल्ने भएका हुन । बैंकका अनुसार उपत्यका भित्र ललितपुर र तीनधारा शाखा खुल्ने छन् । सबै शाखा बिहान ११ बजेदेखि १ जबेसम्म मात्रै खुल्ने छन् ।

प्रभु बैंकको सातवटै प्रदेशका ३८ वटा शाखा खुल्ने छन् । जसमा उपत्यका भित्र बैंकको मुख्यालय, कमलादी शाखा, भक्तपुर, थानकोट, लैनचौर, गोगंबु, शंखमुल र मंगलबजारको शाखा खुल्ने छ । बैंकको सबै शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ने छन् ।

एनएमबी बैंकको पनि बिहीबार ११ देखी १ बजेसम्म केही शाखा खुल्नेछन् । बैंकको उपत्यका भित्रसहित ३१ वटा शाखा खुल्ने छन् । उपत्यका भित्र सूर्यविनायक, थापाथली, चाबहिल र कुमारीपाटी शाखा खुल्नेछन् ।

यस्तै ग्लोबल आईएइमई बैंकको सातै प्रदेशमा४४ वटा शाखा खुल्नेछन् । बैंकको उपत्यका भित्र पानीपोखरी, थानकोट शाखा खुल्ने रहेको छ ।  बैंकको अधिकाश शाखा ११ देखि १ बजेसम्म खुल्नेछन् । केही शाखा भने १० देखि २ बजेसम्म पनि खुल्नेछन् ।


क्लिकमान्डु