सातवटै प्रदेशबाट कोरोना परीक्षण शुरु



काठमाडौँ । सरकारले सातवटै प्रदेशबाट कोरोनाको नमुना परीक्षण सुुरु गरेको छ । मंगलबार परीक्षणको लागि मेसिन सबै प्रदेशमा पुगेपछि सातवटै प्रदेशमा नमुना परीक्षण सुरु भएको छ ।

धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवहाक उपकुलपति गुरु खनालले बताए । ति सवैको नेभेटिभ रिर्पोट आएको जानकारी दिए । अरुको थप परीक्षण गर्ने तयारी भइरहेको छ ।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मंगलबारबाट स्वाब परीक्षण सेवा शुरु गरिएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र अर्को एक जना भने रिर्पोट आउन वाँकी रहेको छ ।

प्रदेश नं. २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को वुटवल र बागमती प्रदेशको हेडौडाबाट पनि बिहीबार अर्थात आज बाट नमुना परीक्षण गर्ने काम हुन लागेको कोभिड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए ।

उनका अनुसार यी पाँचै स्थानमा नमुना परीक्षणका लागि प्रोटेवल पिसिआर मेसिन सहित सम्पूर्ण सामाग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला संचालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।


क्लिकमान्डु