अष्ट्रेलिया उड्यो निगमको वाइड बडी विमान



 
काठमाडौं ।  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाज अष्ट्रेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० विमान बुधबार साँझ ६:१२ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गन्तब्यतिर उडेको हो ।  
 
एयरलाइन्स मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको ब्रिश्वेन पुग्ने छ ।

निगमको उड्डयन इतिहास मै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तब्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।  
 
आरए उडान नं ४१३१ को वाइड बडी जहाजले अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकका निम्ति उद्दार उडान गर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताए  ।

उनले ६ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको उक्त अद्घितीय उडान फेरी क्वालालम्पुर हुँदै बिहीबार राति नेपाल अवतरण गर्ने तालिका रहेको जानकारी दिए ।


क्लिकमान्डु