श्रमिक र असहायलाई राहत दिन मापदण्ड तयार: ३० किलो चामल, २ किलो नुन (विवरणसहित)



काठमाडौं । सरकारले असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई राहत दिनको लागि मापदण्ड नै तयार पारेको छ ।

अर्थमन्त्रालयले तयार पारेको मापदण्डमा असंगठित क्षेत्रमा कार्यरत श्रमित तथा असहायलाई चामल ३० किलो, दाल ३ किलो, नुन २ पाकेट, खाने तेल २ लिटर, सावुन ४ वटा, चिनी २ किलोग्राम दिने भएको छ ।

यस मापदण्ड बमोजिम राहत वितरण गर्दा एक परिवारलाई एक इकाई मानी सम्बन्धित वडाले अभिलेख कायम गर्नुपर्ने उल्लेख छ ।

परिवार संख्या कायम गर्दा दुई जनासम्म भए उपदफा (१) बमोजिमको राहत सामाग्रीको आधा र सोभन्दा बढी परिवार संख्या भए पुरै राहत सामाग्री वितरण गरिने उल्लेख छ ।

श्रमिक वर्ग तथा असहाय तथा तिनसँग सँगै रहेका परिवारका कुनै सदस्यले यस अवधिमा कुनै वैकल्पिक आय आर्जन
गरेको अवस्थामा निजलाई यस मापदण्ड बमोजिमको राहत सामाग्री वितरण नगरिने उल्लेख छ । एकै परिवारको एकभन्दा बढी सदस्यलाई राहत सामाग्री वितरण नगरिने पनि उल्लेख छ ।

सरकारले कोरोना रोकथामको कोरोना भाइरस रोकथानको लागि लकडाउन गरेपछि सरकारले आर्थिक र राहत प्याकेजको चैत १६ गते घोषणा गरेको थियो । सरकारको राहतले न्यून आए भएका, दिनभरी मजदुरी गरेर परिवार चलाउने, असहायको लागि निकै राहत भएको छ ।


क्लिकमान्डु