चीनले लगायो कोरोना भाइरस परीक्षण किट निर्यातमा प्रतिबन्ध



चीनले चीनले कोरोना भाइरसको परीक्षण गर्ने किट निर्यातमा प्रतिबन्ध लगाएको छ । चीनको आन्तरिक बजारमा नै बिक्री गर्न अनुमति नलिएका कम्पनीले बनाएका किट र मेडिकल उपकरण निर्यातमा चीन सरकारले रोक लगाएको हो ।

चीनमा उत्पादन भएका किट र मेडिकल उपकरणहरु गुणस्तर नभएको देखिएपछि युरोपका कतिपय देशमा त्यस्ता सामान फर्काउने निर्णय गरेका छन् । चीनले गुणस्तरहिन सामान पठाएको भन्दै चीन सरकारको आलोचना समेत भएको छ ।

चीन सरकारले अनुमति नपाएका संस्थाहरुले कोरोना भाइरस परीक्षण किट, मास्क, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), भेन्टिलेटर र इन्फ्रारेड थर्मोमिटर उत्पादन गर्ने सामानहरुमा लागु हुने छ ।

चीनमाथि गम्भीर प्रश्न: कोरानाको उपचारका लागि पठाएका सामग्री गुणस्तरहिन

चीनको वाणिज्य मन्त्रालय, सामान्य प्रशासन र राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले संयुक्त रुपमा एक विज्ञप्ति जारी यस्तो प्रतिबन्ध लगाएको जनाएको छ ।

यसअघि यस्ता उत्पादन गर्ने कम्पनीले सीई प्रमाणित गरे मात्र पुग्ने थियो । अब निर्यात गर्नको लागि आन्तरिक बजारमा बिक्री गर्न लाइसेन्स लिएको कम्पनी हुनुपर्छ ।


क्लिकमान्डु