उपत्यकाका ६ ठाँउबाट हुँदैछ नेपाल ग्यास वितरण (सम्पर्क नम्बरसहित)



काठमाडौं । नेपाल ग्यासले उपत्यकाका विभिन्न ६ ठाँउबाट ३ दिन ग्यास वितरण गर्ने भएको छ ।

नेपाल ग्यास उद्योगले सूचना जारी गर्दै उपत्यका भित्रका ६ ठाँउमा ग्यास दिने त्यहाँका सम्पर्क अधिकारीहरुको नम्बर समेत सार्वजनिक गरेको छ ।

उद्योगका अनुरार बुधबार (आज) चाबहिल र बाफल चोकमा बिहान १० बजेदेखि नै ग्यास वितरण भइरहेको छ । यस्तै बिहीबार कोटेश्वर र बानियाटार चोकमा १० बजेदेखि नेपाल ग्यास वितरण हुने छ ।

यता शुक्रबार चाँही भनिमण्डल महाराजगन्ज चोकमा बिहान १० बजेदेखि ग्यार वितरण हुनेछ । तोकिएको डिपोमा जान नसक्नेहरुले यी स्थानबाट ग्यास वितरण हुनेछ ।


क्लिकमान्डु