कोरोना रोकथामको लागि गरिमा विकास बैंकले ३५ लाख सहयोग गर्ने
काठमाडौ । गरिमा विकास बैंकले कोरोना भाइरस नियन्त्रण तथा उपचार अभियानका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । बैंकले बुधबार प्रेस विज्ञप्ति मार्फत प्रादेशिक सरकारहरु मार्फत प्रत्येक प्रदेशका लागि ५ लाखको दरले कुल ३५ लाख रुपैयाँ राहत स्वरुप प्रदान गर्ने घोषणा गरेको हो ।
सम्पुर्ण विश्व कोरोना भाइरसको दुष्रभाववाट आकान्त भएको अवस्थामा नेपालमा यसको प्रभाव न्यून होस भन्ने उद्देश्यले बैंकले सरकारलाई सहयोग गरेको जनाएको छ ।
सरकारले घोषणा गरेको लाक डाउन अवधिमा तथा संक्रमणको समयमा मानिसहरुको स्वास्थय परिक्षण गर्न गराउन, दैनिक उपभोग्य बस्तुको जोहो गर्न र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको व्यवस्थापन मिलाउन राज्यलाई सहयोग गरेको बैंकले उल्लेख गरेको छ ।
जसका लागि बैंकले मुलुकका सम्पूर्ण प्रादेशिक सरकारहरु मार्फत प्रत्येक प्रदेशका लागि ५ लाखको दरले कुल ३५ लाख रुपैयाँ राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । यो रकम प्रदेश सरकारहरुको राहत कोषमा जम्मा गरिने विज्ञप्तिमा बैंकले उल्लेख गरेको छ ।