सचिवालय विघटन भएपछि सुरज बैद्यले भने- अब नयाँ गन्तव्य, लगानी र जागिर सुरु गर्छौ



काठमाडौं । कोरोना भाइरसको संक्रमण बढे लगत्तै सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्यो । तर भ्रमण वर्ष सचिवालय भने सञ्चालनमै थियो ।

सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेपछि क्लिकमाण्डूसँग कुरा गर्दै वैद्यले सरकारलाई धन्यवाद दिन मात्रै सकिने बताएका थिए ।

यद्यपि सरकारको आधिकारिक जानकारी नआएकाले सचिवालय भने सञ्चालन भइरहेको थियो ।

त्यस्तै, मंगलबार पर्यटन सचिव केदारबहादुर अधिकारीले नेपाल भ्रमण वर्षको सचिवालय बैशाख १ गतेदेखि बिघटन गर्ने जानकारी दिएको थिए ।

त्यसको भोलिपल्ट बुधबार ट्विटरबाटै भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले सरकारलाई धन्यावाद दिँदै अब आफ्नो टिमले नयाँ गन्तव्य, नयाँ लगानी र नयाँ जव शुरु गर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘भ्रमण वर्ष रद्द गर्ने मन्त्रिपरिषदको निर्णयलाई म सम्मान गर्छु, जब सम्पूर्ण विश्वनै संकटमा परेको बेलामा राष्ट्रको स्वास्थ्यभन्दा महत्वपूर्ण अरु हुँदैन, नेपाल भ्रमण वर्ष सचिवालयको टिमले अब नयाँ गन्तव्य, नयाँ लगानी र नयाँ जागिर शुरु गर्छ ।’


क्लिकमान्डु