तातोपानीको बाफले कोरोना ठीक हुन्छ ? सामाजिक संजालमा भाइलर अडियोको यस्तो छ तथ्य



सोसल मिडियामा ४ मिनट मिनेट १० सेकेन्डको एउटा अडियो भाइरल भएको छ । एक व्यक्तिले आफु भारतको नागरिक भएको र चीनको बुहान सहरमा बस्ने बताएको छ । कोरोना भाइरस सबैभन्दा पहिला त्यहा देखिएको थियो ।

उसले अडियोमा तातोपानी खाने र तातोपानीको बाफ लिएमा कोरोना भाइरस निको हुने बताएको छ । भारतबाट भाइरल भएको सो अडियो अहिले नेपालमा समेत भाइरल भइरहेको छ ।

यस व्यक्तिको आफ्नो नाम छैन र यसको बारेमा विस्तृतमा जानकारी पनि छैन।

भारतीय वेवसाइट ‘दि लल्लनट’ले यो दाबीलाई झुटो भएको पुष्टी गरेको छ । यसभन्दा अगाडि हामीले कोरोना भाइरसको बारेमा २४ वटा भ्रमको बारेमा जानकारी दिएका छौ ।

कोरोना भाइरसबारे फैलिएका २४ भ्रम र यसको वास्तविकता

भारतको पीआईबी फ्याक्ट चेकले समेत यसलाई गलत भनेको छ ।

कोरोनाबाट अहिले बच्ने उपाय भनेको दुरी बनाउने हो र साबुनपानीले नियमित हात धुने हो । रुघा लाग्दा तातोपानी पिउदा र बाफ लिदा फाइदा भएपनि कोरोना भने ठीक हुँदैन ।


क्लिकमान्डु