कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने

273
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पताल वा होटेलमा राख्ने तयारी गरेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा खेम कार्कीले कोरोना भाइरसको महामारी फैलिएका अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपचार गर्ने अस्पतालको नजीक रहेका अस्पताल वा सुविधासम्पन्न होटलमा बस्ने र खाने व्यवस्था तयारी गरिएको जानकारी दिए ।

‘उपचारमा संलग्न चिकित्सकका आफन्तमा पनि सम्भावित संक्रमणको फैलिन नपाओस् भनी हामीले उहाँहरुलाई अस्पताल नजीकको होटल वा अन्य अस्पतालमा राख्ने तयारी गरिरहेका छौँ’, उनले भने, ‘भोलि यदि महामारी भयो भने कुन कुन अस्पतालमा राख्ने भन्ने नक्शाड्कन (म्यापिङ) गरिरहेका छाैं ।’

सरकारले यसअघि उपचारमा संलग्न चिकित्सकको मनोबल बढाउन निःशुल्क बीमा, थप सुविधालगायत निर्णय गरिसकेको छ ।