भ्रमण वर्ष सचिवालय बैशाख १ गते बिघटन गरिने



काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको नेपाल भ्रमण वर्ष २०२० को सचिवालय पनि बिघटन गरिएको छ ।

पर्यटनमन्त्रालयका सचिव केदार अधिकारीका अनुसार आगामी बैशाख १ गतेबाट सचिवालय पनि बिघटन हुने जानकारी दिए । सरकारले यसअघि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरिसकेको थियो ।

भ्रमण वर्ष नै स्थगित गरिसकेपछि सचिवालय पनि बिघटन गरिएको हो । मन्त्रालयका अनुसार सचिवालयले कारोबार मिलाउनका लागि बैशाख १ गतेसम्म समय दिएको थियो । सोही अनुसार बैशाख १ गतेदेखि बिघटन गर्ने निर्णय गरिएको थियो ।

सचिवालय केही समय अघि मात्रै केशरमहलबाट नक्सालस्थित नयाँ कार्यालयमा सरेको थियो ।

सचिवालयमा १५ जना जति कर्मचारी कार्यरत थिए ।


क्लिकमान्डु