मंगलबार पनि ३०२ अमेरिकी नागरिक लिएर उड्यो कतार एयरलाइन्स



काठमाडौं । लकडाउनको समयमा पनि युरोपियन नागरिकलाई नेपालबाट युरोप पुर्याएको कतार एयरलाइन्सले मंगलबार अमेरिकी नागरिकलाई नेपालबाट लिएर उडान गरेको छ ।

नेपाल पर्यटनको बोर्डको अग्रसरतामा काठमाडौं ल्याइएका विदेशी नागरिकलाई कतार एयरलाइन्सले लिएर उडेको हो ।

यसअघि ९ सयभन्दा बढी युरोपियन नागरिकलाई लिएर उडेको कतार एयरलाइन्सले मंगलबार ३०२ अमेरिकी नागरिकलाई लिएर उडेको हो । एयरवस ३३३ ए७ एईजी नम्बरको विमान मंगलबार १ बजेर ३१ मनिेटमा त्रिभुवन विमानस्थलबाट उडान गरेको हो ।

विश्वमा विमान कम्पनीहरुले उडान कटौती गर्दै ग्राउन्डेड भइरहेका बेलामा कतार एयरलाइन्सले भने उडान संख्यालाई बढाउँदै विभिन्न देशमा रहेका नागरिकलाई विमानमार्फत् सम्बन्धित देशमा पुर्याउँदै आएको छ ।

कतार एयरलाइन्सका अनुसार एक सतामा मात्रै उसले १ लाखभन्दा बढी यात्रुलाई सेवा दिइसकेको छ भने १० हजार नयाँ सिट नेटवर्कमा विस्तार गरिसकेको छ । अन्तर्राष्ट्रिय स्तरमा विभिन्न विमान कम्पनीहरुले सबै विमान पार्किङमै राखिरहेका बेलामा कतार एयरलाइन्सले यसलाई अवसरका रुपमा प्रयोग गरेको छ ।ज्ञ


क्लिकमान्डु