नागरिक लगानी कोषद्वारा कोरोना कोषमा सवा एक करोड सहयोग



काठमाडौँ । नागरिक लगानी कोषले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

कोषको सोमबार बसेको सञ्चालक समितिको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारद्वारा स्थापना गरेको कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

कोषको संचालक समितिका अध्यक्ष एबं सदस्यहरुले उक्त बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब र कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरे सरह दशौं तहसम्मका अधिकृतले ७ दिन, अन्य अधिकृतले ५ दिन र सहायक स्तरका कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्


क्लिकमान्डु