संक्रमित व्यक्तिसँग आउने यात्रुको विवरण पेश गर्न ट्राभल एजेन्टलाई परिपत्र



काठमाडौं । चैत ११ गतेभन्दा अघि विदेशबाट नेपाल आएका सम्पूर्ण यात्रुको विवरण पाउन आग्रह गरिएको छ ।

विदेशबाट आएका ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै ट्राभल एजेन्टमार्फत टिकट काटेर नेपाल आएका सम्पूर्ण यात्रुको विवरण कार्यालयमा पठाउन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सबैलाई आग्रह गरेको हो ।

नाट्टा अध्यक्ष अच्युत गुरागाइँद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘१७ मार्च मा कतार एयरलाइन्स र २० मार्चमा एयर अरेबियाबाट नेपाल आउने यात्रुमा कोरोनाको संक्रमण पुष्टि भइसकेको र ती संक्रमित यात्रुसँग यात्रा गर्ने अनय यात्रुमा पनि भाइरस सर्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै कुनै पनि ट्राभल एजेन्टसमार्फत् टिकट काटेर नेपाल आएको भए सम्पर्कमा आउन र सम्पूर्ण सदस्यलाई जानकारी पठाउन परिपत्र गरिएको छ ।’

नाट्टाले सरकारले लागू गरेको लकडाउनको पालना समेत गर्नका लागि अनुरोध गरेको छ । साथै विदेशबाट आएका व्यक्तिमा शंका उत्पन्न भएमा उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न र सम्बन्धि निकायमा जानकारी दिन समेत परिपत्रमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु