कोरोना आतंकः खाद्यान्न स्टोरमा जिस्किएर खोक्दा १४ वर्षिय बालक पक्राउ



काठमाडौं । अमेरिकाको एक ग्रोसरी स्टोरमा जिस्किएर खोकेका १४ वर्षिय बालक पक्राउ परेका छन् । कोरोनाले त्रास बढीरहेका बेला खोकेपछि उनी पक्राउ परेका हुन् ।

बालकले खोकेपछि स्टोर सञ्चालकले ९११ नम्बरमा फोेन गरेर उजुरी गरेका थिए ।

उपभोक्ताका लागि उत्पादन गरिएका सामानमाथि खेलवाड गरेको आरोप लागेपछि उनलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको हो ।

हाउसटन क्षेत्रमा कोरोना भाइरसको संक्रमणका विरामीको संख्या बढीरहेका बेला खोकेका कारण जिस्किएर खोक्दा पनि उक्त घटनाले गम्भिर रुप लिएको हो ।


पुष्प दुलाल