उद्योगमा श्रमिकको भूमिका, महासंघले गर्यो प्रशसां



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसाय संचालन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुर्याउने काममा श्रमिक कामदारहरूको भूमिका महत्वपूर्ण हुने जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गर्र्दै कामदारको भूमिका बढी महत्वपूर्ण हुने जनाएको छ । मुलुकलाई कठिन पर्दा सदैव अग्रभागमा रहेर कामदारले गरेको कामको महासंघ प्रशंसा समेत गरेको छ ।

अहिलेको अवस्थामा अत्यावश्यक वस्तु तथा सेवासंग सम्बन्धित उद्योग व्यवसायले अझ बढी उत्पादनहरू बढाई उत्पादित वस्तु निर्वाध रूपमा मुलुकभर पुरयाउने कार्यमा सबै कामदारलाई सघाउन समेत आग्रह गरेको छ ।

महासंघले सुरक्षाका सबै उपायहरू अवलम्वन गर्दै उत्पादन प्रक्रिया र आपूर्ति व्यवस्थापनमा सहभागी भई सबैलाई आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन आग्रह गरेको छ । अत्यन्त जोखिम मोलेर उद्योग संचालन गरीरहेका उद्योगीहरूले उत्पादन गरेका वस्तुहरू एक जिल्लाबाट अर्को जिल्लामा लैजादा अनेकन समस्या व्यहोर्नु परेकाले आपूर्तिमा संलग्न उद्यमी व्यवसायीहरूलाई आ–आफ्नो स्थानबाट सहयोग पुरयाउन महासंघ स्थानीय प्रशासन र प्रहरी समक्ष अनुरोध समेत गरेको छ ।

लगभग चार महिना अगाडीबाट शुरु भई महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगका कारण नेपाल सहित विश्व नै त्रासित बनेको भन्दै यो समयमा सबैलाई सचेत बन्न समेत आग्रह गरेको छ ।

विपतको यस अवस्थामा सबैले आ–आफ्ना जिम्मेवारीहरूलाई निर्वाह गर्न सक्यौ भने यो महामारीलाई समयमै नियन्त्रण गरी देशलाई जतिसक्दो छिटो लकडाउनको अवस्थाबाट मुक्त गर्न सकिने महासघले जनाएको छ ।


क्लिकमान्डु