कोरोना कोषमा कर्मचारी सञ्चय कोषको २ करोड सहयोग



काठमाडौं । कर्मचारी सञ्चय कोषले ‘कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोष’मा २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रण तथा उपचारको लागि सरकारले खडा गरेको कोषमा उक्त सहयोग गरेको बताइएको छ ।

सरकरको कोषमा सहयोग आउने क्रम जारी गरेको छ । अहिले सरकारको यस्ता प्रकारका कोष अन्य कुनै पनि निकायलाई सञ्चालनमा नल्याउन आग्रह गरेको छ । सरकारले अन्य निकायलाई कोष सन्चालमा ल्याउनु भन्दा पनि सहयोगिहरुलाई उक्त कोषमा नै सहयोग गर्न आग्रह गरेको छ ।


क्लिकमान्डु