नेप्सेको निर्णयः सेयर कारोबार २५ गतेसम्म बन्द



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत २५ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।

नेप्सेका सहायक प्रबन्धक निरञ्जन फुयाँलले नेप्सेले आगामी २५ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने निर्णय भएको बताए । यस अघि नै नेप्सेमा हुने भनिएको छलफलका क्रममा सरकारले लकडाउनको अवधिसम्मका लागि सेयर कारोबार बन्द गर्ने छलफल भएको थियो ।

छलफलमा उक्त विषयले पूर्णता पाएसँगै आगामी २५ गतेसम्मको लागि सेयर कारोबार बन्द हुने भएको हो । यो सँगै कोरोनाको संक्रमण नरोकिएको भन्दै सरकारले घोषणा गरेको लकडाउन अवधिभर सेयर कारोबार नहुने भएको छ ।

आइतबार धितोपत्र बोर्डले पनि अहिलेको अवस्थामा बजार चलाउन सक्ने अवस्था नभएकोले धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीले गरेको व्यवस्था अनुसार निर्णय लिन नेप्सेलाई सुुझाव दिएको थियो । उक्त पत्रको आधारमा नेप्सेले निर्णय गरेको हो ।


क्लिकमान्डु