लकडाउनको ७ दिनमा १८ अर्ब ८० करोड रुपैयाँको चेक कारोबार



काठमाडौं । सरकारले मंगलबारदेखि लकडाउन गरेपछि आइतबारसम्म १८ अर्ब ८० करोड रुपैयाँको कारोबार बैंकिङ कारोबार भएको छ ।

नेपाल क्लियरिङ हाउस (एसिएचएल) का अनुसार सिआइपिएस र कनेट आइपिएस मार्फत १० अर्ब २० करोड र आरटिजीएसबाट ८ अर्ब ७० करोड रुपैयाँको बराबरकोे चेक कारोबार भएको नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीइओ) निलेशमान सिंह प्रधानले जानकारी दिए ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपनि सरकारले बुधबारबाट देशभर लक डाउनको घोषणा गरेपछि चेक कारोबार घटेको सिइओ प्रधानले क्लिमाण्डूलाई बताए ।

‘बैंकका शाखाहरु नै सिमित रुपमा मात्र खुलेका हुदाँ कारोबार कारोबार घटेको छ,’ उनले भने ‘लक डाउन भन्दा अगाडि दैनिक ४० देखी ४५ अर्ब रुपैयाँसम्मको कारोबार हुन्थ्यो अहिले दैनिक ३/४ अर्ब रुपैयाँको मात्र कारोबार भइरहेको छ ।’

आर्थिक कारोबार नै घटेको कारणले चेक कारोबार पनि घटेको उनको भनाई छ ।

मुलुकभरका बैंक तथा वित्तीय संस्थाको चेक राफसाफ गराउने, अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा दिने लगायतका नेपाल क्लियरिङ हाउसले गर्छ ।


क्लिकमान्डु