एभरेष्ट इन्स्योरेन्सबाट बीमा गर्न वा दाबी भुक्तानीको लागि गर्नुहोस यी व्यक्तिलाई सम्पर्क



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आफ्ना सेवा ग्राहीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क अधिकारीहरु तोकेको छ ।

कोरोना भाइरसको कारण सेवाग्राहीलाई सेवा लिन समस्या हुने भएको भन्दै त्यस्तो समस्या समाधानको लागि सम्पर्क गर्न सम्पर्क अधिकारीहरु तोकेको हो ।

अहिले अत्यावश्यक सेवा बाहेक अन्य सबै कार्यालय बन्द हुन भएको भन्दै बीमा सेवा प्राप्त गर्न तथा बीमा दावी गर्ने वा सो सम्बन्धमा जानकारीका लागि सम्पर्क अधिकारीहरु तोकेको हो ।

ग्राहकलाई बीमा सेवा र बीमा दावि सेवाका लगि कूनै कठिनाई परेमा सम्पर्कको लागि ६ जना अधिकारी तोकेको छ । सेवा ग्राहिले बीमा गर्नको लागि बच्चुराम खडका ९८५११२९८९६, केशव श्रेष्ठ ९८४१४७६८९० र सुजन खकुरेलको ९८४३५३५७३१ मा सम्पर्क गर्न सकिने छ ।

यस्तै बीमा दावी गर्नको लागि रोज राज लुईटेल ९८५५०७१७८५, सजना थापा ९८४१७६५३६७ र निरेन्द्र नाथ अधिकारीलाई ९८४१३४४३०९ मा सम्पर्क गर्न सकिने छ ।


क्लिकमान्डु