सेयर कारोबार फेरी एक साताको लागि बन्द



काठमाडौं । कोरोनाको संक्रमण नरोकिएको भन्दै सरकारले घोषणा गरेको लकडाउन अवधिभर सेयर कारोबार पनि बन्द हुने भएको छ ।

कोरोनाको संक्रमण नरोकिएको भन्दै सेयर बजार खोल्न नहुने आवाज उठिरहेको समयमा  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर  बजार पुनःबन्द गर्न लागेकाे हाे । नेप्सेका सहायक प्रबन्धक निरञ्जन फुयाँलका अनुसार सरकारले लकडाउन गरेको अवधिसम्मको लागि बजार बन्द सम्भावना रहेकाे छ ।

धितोपत्र बोर्डले पनि अहिलेको अवस्थामा बजार चलाउन सक्ने अवस्था नभएकोले धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीले गरेको व्यवस्था अनुसार नेप्सेले निर्णय गर्नु भनेर पत्र पठाएको छ । उक्त पत्रको आधारमा नेप्सेले निर्णय गर्ने छ । नेप्सेले सरकारले लकडाउन हटाएपछि बजार खुल्ने गरी निर्णय गर्ने बताइएकाे छ ।


क्लिकमान्डु