५० लाखबढीको गाडी आयात गर्न नपाइने, सुन आयातमा १० किलो सीमा
काठमाडौं । सरकारले सुन आयातको सीमा १० किलोमा झारेको छ ।
यसअघि दैनिक वाणिज्य बैंकहरुले २० किलो सुन आयात गर्न पाउने व्यवस्था थियो । मन्त्रीपरिषद्को बैठकले सुन आयातको सीमा घटाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले ५० हजार अमेरिकी डलरभन्दा बढी पर्ने गाडी आयात समेतमा रोक लगाएको जानकारी दिए । यस्तै सरकारले मरिच केराउको आयातमा समेत अहिलेलाई रोक लगाएको छ ।