उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३१ सय प्रहरी कारबाहीमा



काठमाडौं । प्रहरीले उपत्यकाका ३ जिल्लाबाट ३ हजार १२६ जनालाई नियन्त्रणमा लिएको छ ।

सरकारले चैत ११ गतेदेखि लडडाउन गरेको छ । लड डाउनको समयमा अनावश्यक रुपमा सडकमा निस्केका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख प्रहरी डिआईजी विश्जराज पोखरेलले बताए ।

उनका अनुसार नियन्त्रणमा लिएका सबै जनालाई २ घन्टा सडकमा नै प्रहरीको नियन्त्रणमा राखेर छोडिएको बताए । उनका अनुसार कतिपय मानिस यो बेलामा पनि मर्निङ वाकमा निस्कने, बाहिर के भइरहेको रहेछ भनेर हेर्न पनि निस्कने गरेको देखिएको बताए ।

बाहिर निस्कने मान्छेमध्ये ४ देखि ५ प्रतिशत चाँही अत्यावश्यक काम परेर निस्केको र उनीहरुलाई नियन्त्रणमा नलिएको बताए । अत्यावश्यक काम परेको खण्डमा १०० मा, सिधै आफूलाई वा नजिकको प्रहरी कार्यालयमा गएर सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।


क्लिकमान्डु