सहकारी संस्थालाई सबै प्रकृतिका खाता सञ्चालनमा ल्याउन निर्देशन



काठमाडौं ।  सहकारी विभागले सहकारी संस्थालाई आफ्ना सदस्यहरुलाई प्रभावकारी सेवा दिदै सम्पूर्ण प्रकृतिका खाताहरु नियमित रुपमा सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

कोरोना भाइरसको कारण सृजना भएको असहज र विषम परिस्थीतिमा स्थानीय प्रशासनसंग समन्वय गरी सदस्यलाई सेवा दिन निर्देशन गरिएको छ ।

विभागले परिपत्र जारी गर्दै सहकारी संस्थामा तरलता व्यवस्थापन गर्दै नियमित रुपमा जीवन निर्वाहका लागि भुक्तानी तथा कर्जा प्रवाहको व्यवस्था मिलाउने भनेको छ ।

उत्पादन र उपभोक्ता सहकारी संस्थाहरुले उत्पादित सामाग्रीको सहज वितरणको व्यवस्था मिलाउने, व्यावसायिक सहकारी संस्थाहरुले स्थानीय रुपमा नै मास्क, स्यानिटाइजर जस्ता बस्तुहरु उत्पादन र वितरणको व्यवस्था मिलाउने पनि परिपत्रमार्फत आग्रह गरिएको छ ।

यस्तै माहामारी नियन्त्रणका लागि सम्भव भएसम्मका माध्यमबाट सचेतना फैलाउने र उपलब्ध भएसम्मका सुरक्षाका सामाग्री वितरण गर्ने र  शंकास्पद बिरामीरसदस्य देखिएमा सुरक्षित तवरले अस्पताल सम्म पुर्याउने ब्यवस्था मिलाउन पनि भनिएको छ ।


क्लिकमान्डु