कोरोना भाइरसबारे १० वर्षिय बालकले बनाए यस्तो चित्र,बालबालिकालाई सिर्जनात्मक बनाऔं
काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वभर आतंक मच्चाएको छ । विश्वका २ सय देशमा कोरोनाका संक्रमण देखिएको छ । कयौं देशहरुले लक डाउन गसेका छन् ।
यो सन्त्रासले मानव जगतलाई नै आश्चर्यचकित बनाएको छ । यस्तो बेलामा कलिला बालबालिकाहरु के सोच्छन् ? तपाईंले आफ्ना बालबच्चालाई जसरी स्कुलिंग गर्नुहुन्छ, उनीहरुको मानसपटलमा त्यही कुरा खेल्छ ।
बालबालिकालाई यस्तो अवस्थामा त्रास देखाउने भन्दा पनि सकरात्मक कुराहरु सिकाउने हो भने कलिलो मानसपटलमा सकरात्मक सोचको विकास हुन्छ । त्यसैले बालबालिकालाई कोरोनाको भयावय अवस्थाभन्दा केही पर राखेर सिर्जनात्मक क्रियाकलापमा व्यस्त गराउनुहोस् ।
सिर्जनात्मक क्रियाकलापमा व्यवस्त गराउन सके बालबालिकामा कोरोनाको आतंक कम हुने बाल मनोविज्ञहरुले बताउने गरेका छन् । अभिभावकले इन्करेज गर्ने हो भने बालबालिका सिर्जनात्मक हुन्छन् भन्ने एउटा दृष्टान्त हामी हप्रस्तुत गर्दैछौं ।
धुम्बाराही निवासी १० वर्षिय आख्यान जनार्दन पुडासैनीले लक डाउनको सदुपयोग गर्दै कोरोना भाइरसका कारण पृथ्वीले नै मास्क लगाएको चित्र बनाएका छन् ।
उनका बाबु नीरव पुडासैनीले सिर्जनात्मक काममा लाग्न प्रेरित गरेका कारण उनीहरुले लक डाउनमा कोरोना बारे यस्तो चित्र बनाएर आफूलाई सिर्जनात्मक मात्रै बनाएनन् समय पनि व्यतित गरे ।
‘बालबालिकालाई सिर्जनात्मक बनाउन सकियो भने त्यसले उनीहरुमो मस्तिस्कमा सकरात्मक सोच प्रवाह हुने रहेछ,’ नीरव भन्छन्, ‘१० वर्षका बालकले यस्तो क्रिएटिभ चित्र कोर्न सक्नु पनि आफैंमा गौरवको कुरा हो ।’