अमेरिकाको न्यूयोर्क लकडाउन नहुने, कडा ट्राभल एडभाइजरी जारी गर्ने ट्रम्पको घोषणा



काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यू योर्कमा फैलिएको कोरोना संक्रमण रोक्न लकडाउन र क्वारेन्टाइन नबनाउने बताएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको सिफारिसअनुसार उक्त निर्णय लिएको बताए ।

यो निर्णय गर्नुअघि उनले कोरोना नियन्त्रण गर्न न्यूयोर्क र न्यूजर्सी र कनेक्टीकटका भागहरुमा क्वारेन्टाइन व्यवस्था गर्न सकिने बताएका थिए ।

न्यूयोर्कलाई क्वारेन्टाइन बनाउनु हाँस्यास्पद र एन्टी अमेरिकन हुने उक्त राज्यमा गर्भनरको अभिव्यक्तिपछि ट्रम्पले यस्तो निर्णय गरेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

न्यूयोर्कमा र अन्य राज्यमा कोरोना संक्रमण फैलिन नदिन लकडाउन र क्वारेन्टाइनको सट्टा कडा ट्राभल एडभाइजरी जारी हुने बताइएको छ । उक्त एडभाइजरी अत्यावश्यक सेवा दिने क्षेत्रमा भने लागु हुनेछैन ।

न्यू योर्कमा मात्रै कोराना संक्रमितको संख्या ५२ हजारभन्दा बढी रहेको छ ।

केह दिन पहिला संचारकर्मीहरुसँग बोल्दै ट्रम्पले न्यू योर्क कोरोनाको हटस्पट भएकाले क्वारेन्टाइनको निर्णय गर्न सक्ने बताएका थिए ।


पुष्प दुलाल