धनगढीमा कोरोना लागेका युवासँगै नेपाल आएका अर्घाखाँचीका युवालाई सदरमुकाम पठाइयो
काठमाडौं । धनगढीमा कोरोना भाइरसको संक्रमण भएका युवासँगै आएका अर्घाखाँचीका एक जना युवापरिवारलाई सदरमुकाम सन्धिखर्क पठाइएको छ ।
धनगढीका ती युवामा कोरोनाको पुष्टि भएसँगै सोही विमानमा आउने अन्य यात्रुको खोजी भइरहेको थियो ।
यसैक्रममा अर्घाखाँचीस्थित छत्रदेव गाउँपालिकामा सोही विमानबाट आएका ती युवालाई शनिबार साँझ एम्बुलेन्समा सन्धिखर्क पठाइएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले क्लिकमाण्डूलाई बताए ।
उनका परिवार र नजिकका १० जनालाई भने छात्रदेव४ स्थित महेन्द्र विद्याबोध उमावीमा बनाइएका क्वारेन्टाइमा राखिएको छ ।