ग्यास पसलले आज दिउँसो १ बजेपछि भरी सिलिन्डर राख्न नपाउने, उद्योगलाई फिर्ता गर्नुपर्ने



काठमाडौं । सरकारले आइतबारदेखि ग्यास डिलर वा पसलेहरुले डिलरहरुले दिउँसो १ बजेपछि भरिएको ग्यास सिलन्डर राखे कारवाही गर्ने भएको छ।

नेपाल आयल निगमले शुक्रबार दिएको निर्देशनमा केही बुँदा थप गर्दै ग्यास बिक्रेताले आफूसँग भएका सबै भरी १४.५ किलोको सिलिन्डर १ बजेसम्म बिक्री नभएको सम्बन्धित ग्यास उद्योगमा फिर्ता गर्न निर्देशन दिएको हो ।

निगमले शनिबार सूचना जारी गर्दै थप भएको निर्देशन पालना नगर्न ग्यास बिक्रेता कार्वाहीमा पर्ने जनाएको छ । साथै सो थप गरिएको निर्देशन अनुसार ग्यास बिक्रेताले दैनिक सुरुवाति मौज्दात र उद्योगबाट प्राप्त भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी जानकारी टाँस्नुपर्नेछ ।

यस्तै पहाडी जिल्लाको हकमा उपरोक्त अनुसारको व्यवस्था सम्बन्धित जिल्ला प्रशासनले तोके बमोजिम हुनेछ ।

निगमले उद्योगीहरुलाई एक अर्काको कम्पनी सिलिन्डर भरी आपूर्ति व्यवस्था गर्न सक्ने सुविधा दिएको छ । निगमबाट अर्को व्यवस्था वा निर्देशन नभएसम्मका लागि ग्यास व्यवसायीले एक आपसमा सहमती गरेर यसो गर्न सक्नेछन् ।

एक अर्काको उद्योगको सिलिन्डर रिफिल गरेर गुनासो रहित ढंगबाट सहज, सरल र समानुपातिक तवरबाट बिक्री गर्ने व्यवस्था मिलाउन सक्ने व्यवस्था निगमले गरेको हो ।


पुष्प दुलाल