कोरोनाको महामारी रोक्न विश्व बैंकले नेपाललाई ३ अर्ब ऋण दिने



काठमाडौं । विश्वव्यापी महामारीकारूपमा फैलिएको कोरोनाको संक्रमण रोक्न विश्व बैंकले नेपाललाई ३ अर्ब नेपाली रुपैयाँ ऋण दिने भएको छ ।

मास्क, पन्जा, ल्याब टेस्ट किट, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ) र कोरोना रोकथाम तथा नियन्त्रणका सामाग्री किन्नका लागि र कर्मचारीलाई तालिम दिनका लागि विश्व बैंकले स्वास्थ्य मन्त्रालयलाई ऋण सहयोग गर्ने भएको हो ।

स्वास्थ्य मन्त्रालयका स्वास्थ महाशाखा प्रमुख विकास देवकोटाले विश्व बैंक्ले दिने ऋण सहयोग के के मा खर्च गर्ने भनेर सूचि समेत मागेको बताए ।

‘हामीले यो यो मा खर्च गर्छौ भनेर सूचि दिइसकेका छौं,’ डा. देवकोटाले भने, ‘आवश्यक निर्णयका लागि अर्थ मन्त्रालयमा पठाउने तयारी गरिरहेका छौं ।’

कोरोना संक्रमण देखिएका देशमा विश्व बैंकले ऋण सहयोग गर्दै आएको छ । यही क्रममा नेपालमा पनि सहयोग गर्ने भएको हो ।

अहिलेसम्म नेपालमा ५ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भइसकेको छ । जसमध्ये १ जना निको इसकेका छन् । सरकारले कोरोनाको संक्रमण थप बढ्न नदिन गत मंगलबारदेखि एक साताका लागि देशलाई लकडाउन गरेको छ ।


पुष्प दुलाल