परिसंघद्वारा सय बढी पीपीई र ५ हजार थान मास्क हस्तान्तरण



काठमाडौं । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारलाई निजी सुरक्षा उपकरण (पीपीई) एक सय थान र ५ हजार थान मास्क हस्तान्तरण गरेको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरण (पीपीई) एक सय थान र ५ हजार थान मास्क हस्तान्तरण गरेका हुन् ।

हाल विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु उपलब्ध गराईएको र निकट भिवष्यमै विदेशबाट सामान आयात गरि थप आवश्यक सामग्रिहरु उपलब्ध गराउने उनले बताए । अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंतिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन सबैमा अपिल गरेका छन् ।

स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरणहरु मित्र राष्ट्रहरुमा संकलन गरी आयातको व्यवस्था मिलाई रहेको तथा मास्क नेपालमै उत्पादन भई रहेको परिसंघले जनाएको छ । त्यस्तै संकटको यस घडीमा सबैलाई संयमित हुन र सरकारले जारी गरेका सबै निर्देशनको पालना गर्न समेत अनुरोध गरेको छ ।


क्लिकमान्डु