लकडाउन अवज्ञा गर्ने करिब ५ सय पैदल यात्रु प्रहरी नियन्त्रणमा



काठमाडौं । कोरोना नियन्ञण गर्न सरकारले लकडाउन गरेपनि अटेरी गर्नेको संख्या बढेपछि प्रहरीले कडा नियम ल्याएको छ ।

अनाबश्यक हिडने पैदल यात्रीलाई प्रहरीले पक्राउ गरी क्यारेन्टाइनमा राख्ने नियम ल्याएसँगै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने करिब ५ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार बिहानदेखि नै उपत्यका लगायत देशभर लकडाउनलाई थप कडाइका साथ लागु गरिएको हो । उपत्यकाका विभिन्न स्थानबाट लकडाउनको उल्लंघन गर्ने करिब ५ सय जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर विभिन्न प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।


क्लिकमान्डु