नेपाल एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगियो



काठमाडौं । नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ ।

कोरोना भाइरसको परीक्षणका लागि नेपालगञ्जमा स्वाप कलेन्सनका लाग शनिबार बिहान गएको नेपाल एयरलाइन्सको वाई १२ विमान धावनमार्गभन्दा केही परसम्म पुगेको निगमकी प्रवक्ता अर्चता खड्काले जानकारी दिइन ।

उनका अनुसार विमानमा रहेका एक जना पाइलट, दुई जना क्याबिन क्रु र २ जना डाक्टरलाई भने कुनै पनि क्षति भएको छैन ।

उनका अनुसार विमान अतवरण गर्ने क्रममा धावनमार्गबाट घाँसेमैदानसम्म पुगेको थियो ।

उक्त घटनापछि स्वाव कलेक्सनका लागि नेपाल एयरलाइन्सले अर्को ट्विनेटर विमान पठाउन लागेको छ ।

‘घटना भइसकेपछि त्यो विमान आउने अवस्था रहेन, त्यसैले साढे १ बजे अर्को विमान त्यसतर्फ पठाउँदै छौ, विमानमा के कस्तो क्षति पुगेको छ भन्ने अझै जानकारी आइसकेको छैन,’ उनले भनिन् ।


क्लिकमान्डु