श्री एयरलाइन्सले ४ वटा फ्लाइटमार्फत विदेशीको उद्दार गर्दै



काठमाडौं । श्री एयरलाइन्सले पोखरामा रहेका विदेशी यात्रुलाई आज ४ वटा फ्लाइटमार्फत् उद्दार गर्ने भएको छ ।

एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरका अनुसार पहिलो फ्लाइट पोखरा पुगिससकेको छ भने दोस्रो फ्लाइट पनि जाने तयारीमा छ ।

पर्यटन बोर्डको अग्रसरतामा उनिहरुलाई उद्दार गरिएको उनले जानकारी दिए । उनका अनुसार धेरै जसो युरोपियन नागरिक छन् ।

उनका अनुसार पहिलो फ्लाइटमा ७० र दोस्रो फ्लाइटमा पनि ७० गरी १४० जनालाई उद्दार गरी काठमाडौं ल्याइनेछ भने बाँकी २ वटा फ्लाइट पनि आजै गरिने उनले जानकारी दिए ।

यसअघि आज शनिबार र हिजो शुक्रबार गरी जर्मन दुताबासको अग्रसरतामा ६०० भन्दा बढी युरोपियन नागरिकलाई कतार एयरवेजमार्फत् नेपालबाट उद्दार भइसकेको छ ।

नेपालमा बाँकी भएका नागरिकलाई पनि लौजाने तयारी भएको छ ।


क्लिकमान्डु