सबै ग्राहकलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिइन्छ- उर्जामन्त्री वर्षमान पुन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलमा २० प्रतिशत छुट दिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणको शुक्रबार बसेको बोर्ड बैठकले १५० युनिटसम्म सबै ३८ लाख घरेलु ग्राहकलाई चैत महिनाको महसुलमा २० प्रतिशतसम्म छृुट दिने निर्णय भएको उर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा विद्युतीय चुलोलगायतका सामाग्री प्रयोगमा समेत प्रोत्साहन मिल्ने छ भने जनतालाई बन्दाबन्दीमा थोरै भए पनि राहत हुनेछ ।


क्लिकमान्डु