सनराइज बैंकद्घारा नेपाल पुलिस हस्पिटललाई पीपीई उपकरण सहयोग



काठमाडौं । सनराइज बैंकले सामाजिक उत्तरदायित्व वहन गरी कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै नेपाल पुलिस हस्पिटल महाराजगंजमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) ६५ थान सहयोग गरेको छ । यसबाट हस्पिटलका डाक्टर तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्घत पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

नेपाल पुलिस प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले प्रहरी प्रमुख ठाकुर प्रसाद ज्ञवालीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरे ।

बैंकले आगामी दिनमा पनि देशका विभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जानकारी दिए । उक्त कार्यक्रममा प्रहरी प्रमुख ठाकुर प्रसाद ज्ञावालीले यस्तो कार्यले हस्पिटललाई ठुलो राहत भएको जानकारी दिए ।


क्लिकमान्डु