कोरोना रोकथाम कोषलाई हिमालयन बैंकको सवा करोड सहयोग



काठमाडौं । हिमालउन बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस सक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १ करोड २५ लाख प्रदान गर्ने भएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस संक्रमण रोकथाम कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

बैंकले महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै चिकित्सकहरु तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुको सुरक्षाको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु खरिद गर्न देश र जनता प्रतिको आफ्नो दायित्वलाई मनन गर्दै उत्तः सहयोग गरेको जनाएको छ ।


पुष्प दुलाल