कोरोनाको कारण शिखर इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन स्थगित



काठमाडौं । शिखर इन्स्योरेन्सले सेयर लगानीकर्ताहरुको लागि खुला गर्ने भनेको हकप्रद सेयरको निष्काशन तत्कालको लागि रोकेको छ ।

इन्स्योरेन्सले फागुन १२ गतेसम्म कायम भएका सेयरधनीहरुका लागि १ सेयर बराबर नयाँ ३ सेयर (१ः०३)को अनुपातमा प्रति सेयर रुएक सय रुपैयाँका दरले बिक्री गर्न लागेको थियो । इन्स्योरेन्सले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गरी कोरोना भाइरसको संक्रमण रोक्न ममुकभर अत्यावश्यक सेवा बाहेकका सबै सेवा सन्चालनमा रोक लगाउने घोषणा गरेका थिए । जसमा कारण शिखरको हकप्रद सेयर पनि तत्कालको लागि स्थगन भएको हो ।

इन्स्यारेन्सले सूचना जारी गर्दै अर्काे सूचना प्रकाशित गरी हकप्रद सेयर जारी गर्ने जनाएको छ । इन्स्यारेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धन एनआईबीएल एक क्यापिटल रहेको छ ।


क्लिकमान्डु