लन्डनबाट कोरोना संक्रमित नेपाली महिलाको कहरः साह्रै पीडा भयो, निको हुने छाँटकाँट छैन



काठमाडौं । बेलायत बस्दै आएकी भगवती रानाभाट कोरोना संक्रमण देखिएपछि गत शुक्रबार लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा अस्पताल भर्ना भएकी थिइन् । १० दिनको आइसोलेसनपछि अस्पताल भर्ना भएकी उनी ३ दिनको अस्पताल बसाइपछि अहिले डिस्चार्ज भइसकेकी छन् ।

तर, कोरोना संक्रमित रानाभाटले आफूले निकै पीडा महशुस गरेको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छन् ।

नेपालको लमजुङ घर भएकी र अहिले लण्डनमा बस्दै आएकी उनले आफुर्लाइ कोरोना भाइरस संक्रमण भएको १३ दिन बितिसक्दा पनि निको हुने छाँटकाँट नदेखिएको बताउँदै सबैलाई साधवान रहन आग्रह गरेकी छन् ।

‘१० दिनको सेल्फ आइसोलेसन पछि कोभिड-१९ सँग लड्दै यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ सबैले साबधानी अपनाउन सक्नुहुनेछ, हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु,’ रानाभाटले फेसबुकमा राखेको स्टाटस हो यो ।

चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्वका करीब २०० देशमा ५ लाखजनालाई ग्रस्त बनाएको छ । जसमध्ये १ लाख बढी उपचार पाएर घर फर्किएका छन् भने २२ हजारभन्दा बढीको मृत्यू भइसकेको छ ।

नेपालमा पनि ३ जनालाई कोरोना भाइरस देखिएको पुष्टि भएको छ । कोरोनाको आशंकामा सयौं आइसोलेसनमा बसेका छन् भने सरकारले लक डाउन गरेपछि देशका अधिकांश जनता सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।


पुष्प दुलाल