फेरि ४ वर्षका लागि अशोक राणा हिमालयन बैंकको सीइओ



काठमाडौं। हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक राणाले पुनः नियुक्त भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले आगामी ४ बर्षका लागि राणालाई सीईओमा नियुक्ति गरेको हो ।

नवनियुक्त सीइओ राणाको नयाँ कार्यकाल बैशाख १ गतेदेखि शुरु हुनेछ । उनी १२ वर्षदेखि बैंकको सीईओको रुपमा कार्यरत छन्।

संस्थापक गभर्नर हिमालयन शमशेर जबराका छोरा अशोक अब्बल बैंकर मानिन्छन् । उनी वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघका पूर्वअध्यक्ष समेत हुन् ।


पुष्प दुलाल