निस्संक्रमणऔषधि छर्किने क्रम जारी, ३२ वटै वडामा छर्कने महानगरको तयारी 



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधबारबाट सुरु गरेको निस्संक्रमण औषधी छर्किने कामलाई बिहीबार पनि  निरन्तरता दिएको छ ।
तीन ओटा क्षेत्रलाई आधार मानेर सुरु गरेको उक्त कामले बिहीबार पनि निरन्तरता पाएको हो ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधी छर्किने कामलाई निरन्तरता दिइरहेको बताए ।
‘सिमित स्रोत–साधनका बीच पनि  हामी निरन्तर काम गरिरहेका छौँ,’ प्रमुख शाक्यले भने, ‘कामका शिलसिलामा केही कमजोरी भएका छन् भने आम महानगरवासीले दिएको सुझावलाई स्वीकार गर्दै सुधारका प्रयास गर्ने छौँ । यो विश्वव्यापी रुपमा फैलिएको महामारीका बेला सबैको साथ र सहयोग अपरिहार्य छ ।’
 उनले बाटो सफा गर्ने, किटनाशक औषधी छर्किनेलगायतका कामलाई ३२ वटै वटा र अत्यावश्यकसम्म पुर्याउने पनि जानकारी दिए ।
नगर प्रहरी महाशाखाका प्रमुख धनपती सापकोटाले हिजोदेखि तीन ओटा क्षेत्रलाई आधार मानेर सुरु गरेको उक्त कार्यलाई आज पनि निरन्तरता दिएको बताए ।
  उनले भने ‘आज बिहान आज ४ हजार लिटर क्षमताको जेट मेसिनले मख्नबाटसुरु गरेर बसन्तपुर हुँदै लगन पुर्याएको छ । अर्को जेट मिसिन बानेश्वरहुँदै  विमानस्थलसम्म पुगेको छ भने तेस्रोले महाराजगञ्जलगायतका स्थानमा काम गरेको छ,’ उनले भने, ‘अब साना सात ओटा ट्याङ्करसहित महानगर क्षेत्र भित्रका भीडभाड हुने स्थानमा जान्छौँ । आज ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिनले टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा काम गर्नेछन् ।’
उनका अनुसार तीन ओटा ब्रुमरले बाटो सफा गर्ने कामलाई पनि निरन्तरता दिएका छन् ।


क्लिकमान्डु