लक डाउनमा पनि भारतमा सेयर बजार खुल्ने, नेपालले सिक्नुपर्ने पाठ



काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबारदेखि लागु हुने गरेर २१ दिने लकडाउनको घोषणा गरेका छन् ।

लकडाउन घोषणा भएपनि भारतीय सेयर बजार भने खुल्ने भएको छ । भारतीय सेयर बजार पूर्ण रुपमा अनलाइन प्रणालीमा छ । नेपालमा भने सेयर बजार पूर्ण रुपमा अनलाइन नभएको हुँदा लकडाउन घोषणा गर्नु अगाडि नै बन्द भएको छ ।

सरकारले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेसँगै सेयर कारोबार बन्द हुने कि खुल्ने विवाद भएको थियो । आइतबार सेयर कारोबार खुुलेपनि सोमबारदेखि ५कार्यदिनसम्मको लागि सेयर कारोबार बन्द भएको छ । त्यसपछि भने नेपालमा पनि एकसाताको लकडाउन छ ।

भारतका प्रमुख सेयर बजार मुम्बई स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज खुल्ने भएको हो ।

बीएसईका सीइओ आशीष कुमारले लकडाउनको समयमा सेयर कारोबार खुल्ला हुने बताए ।


क्लिकमान्डु